कीवर्डहरू -

दिमागमा असर गर्ने भिडियो अब बच्चाहरूले टिकटकमा हेर्न नपाउने

दिमागमा असर गर्ने भिडियो अब बच्चाहरूले टिकटकमा हेर्न नपाउने

१३ देखि १७ वर्षसम्मका प्रयोगकर्ताले अब टिकटकमा केही भिडियो हेर्न नपाउने भएका छन् । बच्चाहरूको अनलाइन सुरक्षाका लागि भन्दै टिकटकले यस्तो फिचर ल्याउन लागेको हो ।

कम्पनीले यस फिचरको नाम कन्टेन्ट लेभल दिएको छ । यो फिचर आउँदो हप्तामा रोल आउट हुनेछ । यस फिचरले बच्चाहरूको फिडबाट परिपक्व थिम भएको कन्टेन्टहरु हटाउने छ ।

साना बच्चाहरुको दिमागमा असर गर्ने झगडा, डरलाग्दो र अरु एकदमै  तीव्र किसिमको दृश्य भएका भिडियोहरु प्रतिबन्धित हुने छन् । यो फिचर अहिले सुरुवाती चरणमा रहेकाले कम्पनीले यसमा विभिन्न परिमार्जन गर्ने योजना बनाएको छ ।