कीवर्डहरू -

एउटै अकाउन्टबाट अब फेसबुकमा पाँच वटासम्म प्रोफाइल बनाउन सकिने

एउटै अकाउन्टबाट अब फेसबुकमा पाँच वटासम्म प्रोफाइल बनाउन सकिने

फेसबुकले एउटै अकाउन्टका लागि पाँच ओटासम्म प्रोफाइल बनाउन दिने भएको छ । यसका लागि फेसबुकले नयाँ फिचरको जाँच गरिरहेको छ ।

अहिलेसम्म एउटा अकाउन्ट बाट मानिसले एउटा मात्रै प्रोफाइल बनाउन सक्थे तर यो फिचरले पाँच ओटासम्म प्रोफाइल बनाउन दिनेछ ।

युवा प्रयोगकर्ताहरु कम हुँदै गएपछि साईटलाई अझै सक्रिय बनाउन फेसबुकले यो नीति ल्याएको हो । यस फिचरले प्रयोगकर्ताको इच्छा र सम्बन्धको आधारमा विभिन्न प्रोफाइलहरु सिर्जना गर्ने मौका दिनेछ ।

परीक्षणको चरण सकिएपछि फेसबुकले विश्वव्यापी रुपमा यस फिचरलाई उपलब्ध गराउने योजना राखेको छ । यसले मान्छेलाई विभिन्न प्रोफाइलको माध्यमबाट फरक फरक व्यक्तित्व देखाउने मौका दिने बताइएको छ ।

अहिलेसम्म फेसबुकले वास्तविक नाम प्रयोग गर्ने विषयमा जोड दिने गरेको थियो तर अब यो फिचरमा त्यस्तो जरुरी छैन् । अब प्रमुख प्रोफाइलमा मात्रै वास्तविक नाम प्रयोग गर्नुपर्ने हन्छ ।