कीवर्डहरू -

इन्स्टाग्रामका क्रियटरले आफ्ना फोटो तथा रिलहरु हेर्न पैसा तिर्नुपर्ने बनाउन सक्ने

इन्स्टाग्रामका क्रियटरले आफ्ना फोटो तथा रिलहरु हेर्न पैसा तिर्नुपर्ने बनाउन सक्ने

इन्स्टाग्रामका क्रियटरले फोटो तथा रिलहरुलाई पेवालमा राख्न सक्ने भएका छन् । यस फिचरले गर्दा अरु प्रयोगकर्ताहरुले  क्रियटरहरुको सो फोटो तथा रिलहरुलाई पहुँच पाउन भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो वर्ष इन्स्टाग्रामले क्रियटर सब्सक्रिप्सन प्रोग्राममा ध्यान दिईरहेको छ र सोही अन्तर्गत कम्पनीले पेवाल फिचरलाई सार्वजनिक गरेको हो । पेवालमा राखिएका फोटो तथा रिलहरुमा क्राउनको सिम्बल सहित पर्पल ब्याज हुनेछ ।

यो फिचरलाई क्रिययटरहरुले लामो समय देखि माग गरिरहेको इन्स्टाग्रामका प्रमुख एडाम मोसेरीले बताएका छन् । इन्स्टाग्रामले अर्काे सब्सक्राइबर च्याट अप्सन पनि ल्याएको छ । यसले गर्दा ३० जनासम्म सब्सक्राइबर भएका ग्रुप च्याटमा क्रियटर गएर कुराकानी गर्न सक्छन् ।

यो फिचर प्रयोगकर्ताहरुलाई डिस्कर्डबाट इन्स्टाग्राममा आकर्षित गर्नका लागि सार्वजनिक गरिएको हो । यी ग्रुप च्याटलाई मेसेन्जरले पावर गरेको छ । यी ग्रुप च्याट २४ घन्टा पछि आफै गायब हुने छन् । यस फिचरले प्रति महिना १०० डलर सम्म शुल्क लिन दिनेछ ।

यस फिचरले सब्सक्राइबरहरुको नामको छेउमा पनि पर्पल ब्याज आउने गर्दछ । यी फिचरको जाँच कम्पनीले गत जनवरी देखि गर्दै आएको थियो र अब आधिकारिक रुपमा यी फिचर प्रयोगकर्ताहरुले पाएका छन् ।