कीवर्डहरू -

अब इन्स्टाग्रामले च्याटबाटै सामान खरिद गर्न दिने

अब इन्स्टाग्रामले च्याटबाटै सामान खरिद  गर्न दिने

इन्स्टाग्रामले च्याटबाट पनि सामान किनमेल गर्न दिने भएको छ । यसले ससानो व्यवसायहरुलाई सहज बनाउने भएको छ ।

यस फिचरले गर्दा व्यवसायिक अकाउन्टहरुले मेसेज गरेर प्रश्न सोध्ने, प्रडक्ट विवरण पाउने र मेटा पे वा अरु भुक्तानी सेवाबाट चेकआउट गर्न सक्नेछन् । यति सबै एकैचोटिको कुराकानीमा गर्न सम्भव हुने भएको छ ।

तपाईले कस्टोमाइज गर्ने प्रडक्टहरु पनि विभिन्न वेबसाईट नगइकनै च्याटकै मार्फतले खरिद गर्न सक्नुहुनेछ । च्याटमा आधारित किनमेल पहिलेदेखिनै विभिन्न देशको अरु एपहरुमा उपलब्ध रहेको थियो र अब यो फिचर इन्स्टाग्रामले पनि सार्वजनिक गर्ने भएको छ ।