कीवर्डहरू -

स्नापच्याटको वेब भर्सनमा मेसेज र कल गर्न मिल्ने 

स्नापच्याटको वेब भर्सनमा मेसेज र कल गर्न मिल्ने 

स्नापच्याटको मेसेज गर्ने र कलको फिचर वेब भर्सनमा पनि सार्वजनिक भएको छ । यो कम्पनीको आफ्नो सेवाको नयाँ ब्राउजरमा आधारित भर्सन सार्वजनिक गरेको हो ।

स्नाप्चयाट प्लसका सब्सक्राइबरले सुरुमा नयाँ वेब एपको पहुँच पाउने भएका छन् । विस्तारै वेब भर्सन पनि सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

अहिलेका लागि मेसेज गर्ने र कलको फिचरमात्रै सपोर्ट गर्ने भएता पनि एपले अगमेन्टेड रियालिटी र फोटो भिडियो स्नाप पठाउने फिचर पनि चाँडै सार्वजनिक गर्ने निश्चय गरेको छ ।

वेब भर्सनमा कीबोर्ड सर्टकटले खिचेको स्क्रीनसटको पनि नोटिफिकेसन जानेछ । कम्पनीले प्राइभेसी स्क्रीन भन्ने फिचर राखेको छ जसले अर्काे स्क्रीनमा जाँदा प्रयोगकर्ताको कन्टेन्टलाई ब्लक गर्नेछ ।

यस भर्सनले अझै धेरै फिचरलाई एपमा आकर्षण गर्न सक्ने मौका देखिएको छ । स्नापच्याटबाट भिडियो कल गर्ने चलन हालमा एकदमै बढदै गएके देखिन्छ र सोही ट्रेन्डलाई पछयाउँदै वेब भर्सनमा सुरुमा कल गर्ने फिचर सार्वजनिक भएको हो ।