कीवर्डहरू -

टिकटकले अब कुनै पनि भिडियोमा क्याप्सन अन गर्न दिने

टिकटकले अब कुनै पनि भिडियोमा क्याप्सन अन गर्न दिने

टिकटकले अब जुन कुनै भिडियोमा पनि क्याप्सन अन गर्न दिने भएको छ । अब प्रयोगकर्ताले क्रियटरले क्याप्सन अन गरिदिन्छन् भनेर पर्खिनु पर्दैन् । आफै पनि चाहिएको भिडियोमा अब क्याप्सन अन गर्न सकिने भएको छ ।

टिकटकले अटो जेनेरेट हुने क्याप्सनको फिचर ल्याएको छ जसलाई कुनै पनि भिडियोको लागि स्वीच अर्न गर्न सकिन्छ ।

यसले तपाईलाई कानको कुनै समस्या छ वा एकदमै आवाज आईरहेको ठाउँमा हुनुहुन्छ भने सजिलै भिडियोमा के भनिएको छ बुझ्न दिन्छ ।

सामाजिक सञ्जालले क्याप्सन र टेक्सट स्टीकरका लागि समेत अनुवाद राखेको छ । अहिलेका लागि क्याप्सन अंग्रजी, जर्मन, इन्डोनेसियन, इटालियन, कोरियन, म्यान्डरिन, स्पानिस र टर्किस भाषाहरुमा रहेको छ । यस फिचरमार्फत पहिले भन्दा धेरै प्रयोगकर्तामाझ पुग्न सहज हुनेछ ।