कीवर्डहरू -

जूमको क्लाउड फोन सेवामा अब एण्ड टू एण्ड इन्क्रिप्सन फिचर

जूमको क्लाउड फोन सेवामा अब एण्ड टू एण्ड इन्क्रिप्सन फिचर

जूमले आफ्नो क्लाउड फोन सेवामा एण्ड टू एण्ड इन्क्रिप्सन सार्वजनिक गरेको छ । जूमले एण्ड टू एण्ड इन्क्रिप्सन अरु सेवाहरुमा पनि ल्याएर गोपनीयता र सुरक्षा सेवा बढाउन खोजेको हो ।

दुवै पट्टिबाट एण्ड टू एण्ड इन्क्रिप्सन हुनेका लागि एक अर्कासँग सेक्युरिटी कोड सेयर गर्नुपर्ने हुन्छ । यस फिचरलाई सञ्चालन गर्न भने स्वायत्त रुपमा हुने कल रेकर्डिङलाई बन्द गर्नुपर्ने हुन्छ ।

मिटिङका लागि भने जूमले अक्टोबर २०२० मै एण्ड टू एण्ड इन्क्रिप्सन फिचर दिईसकेको छ । अब अरु सेवाका लागि पनि यो फिचर उपलब्ध भएको हो ।