कीवर्डहरू -

ट्विटरको एन्ड्रोइड र आईओएस एपमा अब स्पेसेस क्लिप शेयर गर्न सकिने 

ट्विटरको एन्ड्रोइड र आईओएस एपमा अब स्पेसेस क्लिप शेयर गर्न सकिने 

ट्विटरले अब स्पेसेस क्लिपहरू शेयर गर्न दिने भएको छ । यसअघि परीक्षणकै क्रममा रहेको फिचरलाई ट्विटरले रोलआउट गरेको हो ।

अब ३० सेकेण्डसम्मको अडियोलाई रेकर्ड गरेर ट्विटरमा शेयर गर्न सकिने छ । हाललाई यो फिचर ट्विटरको एन्ड्रोइड र आईओएस एपमा उपलब्ध भएको छ ।

चाँडै वेब भर्सनमा समेत यो फिचर उपलब्ध हुनेछ । क्लबहाउसमा क्लिपिङ सेवा गत सेप्टेम्बरदेखि उपलब्ध भइसकेको छ, जहाँ प्रयोगकर्ताले ३० सेकेण्डसम्मको अडियो पब्लिक रूममा शेयर गर्न सक्छन् ।