कीवर्डहरू -

चारवटा क्यामेरा सहितको जियोनिको एस ११ मोडेल अब छिट्टै नेपालमा लन्च हुने

चारवटा क्यामेरा सहितको जियोनिको एस ११ मोडेल  अब छिट्टै नेपालमा लन्च हुने

सुपर सेल्फी क्यामेरा तथा राम्रो ब्याट्री लाइफको लागि परिचित चाईनिज स्मार्टफोन कम्पनि जियोनिले एस सिरिजको अर्को नयाँ स्मार्टफोन जीयोनी एस ११ सार्बजनिक गरिसकेको छ । यो नयाँ मोडेलको ह्यान्डसेटमा चारवटा क्यामेरा राखिएको कारण पनि यो फोन अरु फोनहरु भन्दा पृथक रहेको छ । उक्त फोनको नेपाली मूल्य ३० हजार देखि ३२ हजार सम्म रहने अनुमान गरिएको छ ।

जियोनी एस ११ मा ५.९९ इन्च स्क्रिन १०८०x२१६० पिक्सेल रेजोलुसनको  फुल एचडी डिस्प्ले देखिएको छ । त्यस्तै १८:९ एस्पेक्टेड रेसिओ रहेको यो फोन कर्भ्ड बडी तथा बेजेल लेस डिस्प्ले  साथमा आएको छ । एस ११ मा मिडियाटेक हेलिओ पी २३ को ओक्टाकोर २.५ गिगाहर्जको  प्रोसेसर राखिएको छ । ४ जीबी र्याम भयेको यो ह्यान्डसेटमा ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ भने यसमा २५६ जीबी सम्मको एसडीकार्ड सपोर्ट गर्दछ । फोनमा भिडियो तथा संगीत प्रेमी लगायात गेमका पारखीहरुले यो फोनमा स्टोरेजको लागि कुनै पनि सम्झौता गर्न पर्दैन् ।

रियरमा दुईवटा तथा फ्रन्टमा दुईवटा गरेर चारवटा क्यामेरा जडान गरिएको  यो फोनमा रियरमा एलइडी फ्ल्याश लाइट सहितको  १६ एमपी तथा ५ एमपीको क्यामेरा रहेको छ । क्यामेरामा अटोफोकस,फेस डिटेक्सन र १०८० पी भिडियो रेकर्डीङ जस्ता फिचरहरु समाबेश छन् । त्यस्तै फ्रन्टमा भने १६+८ मेगापिक्सेलका दुइवटा क्यामेराहरुको संयोजन रहेको छ । चारवटा क्यामेरा समाबेश गरिएको हुनाले यो फोन  तस्बिरहरुको माम्लामा राम्रो क्वालिटि चाहने प्रयोगकर्ताको लागि लाभदायी  हुने देखिएको छ ।

एस ११ एन्ड्रोड ७.१ नोगात भर्जनमा चल्ने यो फोनमा ३४१० एमएएचको नन रेमुभेवल ब्याट्रीको प्रयोग गरिएको हुनाले राम्रो ब्याट्री ब्याकअप दिने अनुमान गरिएको छ ।  साथै फिन्गरप्रिन्ट सेन्सर, एक्सेलेरोमिटर ,जायरो सेन्सर, प्रोक्सीमिटी तथा कम्पास जस्ता सेन्सरहरु  यो फोनमा रहेका छन् ।