कीवर्डहरू -

सार्वजनिक भयो डिशहोमको आईपीटिभी, विश्वको नवीन प्रविधिमा संचालन हुने

कस्तो छ डिशहोम आईपीटिभी ?

सार्वजनिक भयो डिशहोमको आईपीटिभी, विश्वको नवीन प्रविधिमा संचालन हुने

ईन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आईपी टिभीको सेवा शुभारम्भ गरेको छ । मंगलबार सोल्टी होटलमा एक कार्यक्रम आयोजना गर्दै आईपीटी सेवा सुरू गरेको हो ।

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक डिशहोम विगत १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरी डिशहोम नाममा आफ्नो सेवालाई संचालनमा ल्याएको थियो ।

नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय बिक्रि पछिको सेवा पनि प्रदान गर्दै आएको सवैमा सर्वविधितै छ ।

\"\"

पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसायलाई विस्तारसंगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट, टेस्टोरियल टिभी र आईपी टिभीमा समेत आफ्नो सेवालाई विस्तार गरेको छ ।

डिटिएच र टेस्टोरियल  भन्दा फरक प्रविधी इन्टनरनेट प्रोटोकलमा आधारित यो आईपी टिभीमा शर्ट्स टिभी, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका एक्सकुलुसिभ च्यानलहरु लगायत २०० भन्दा बढी टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा बढी विभिन्न सामग्रीहरु, भिडियो अन डिमाण्ड, क्याच अफ टिभी, स्टार्ट ओभर टिभी, युट्युब, टिकटक लगायत अन्य वि भिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ ।

\"\"

ग्राहकले आइपीटिभी विभिन्न प्याकेज अन्तर्गत खरिद गर्न सक्नेछन् । आइपीटिभी भर्जन २.० को रुपमा सार्बजनिक भएको यो सेवा विश्वकै नविनतम प्रविधिको रुपमा ल्याइएको कम्पनिका प्रवन्ध निर्देशक सुदिप आचार्यले बताए । कम्पनिका अध्यक्ष हेमराज ढकालले डिशहोम सबै प्रकारका प्लाटफर्ममा उपलब्ध भएको र नविनतम प्रविधिका साथ् ग्राहकलाइ पहिलो स्थानमा राखेर सेवा गर्दै अघि बढ्ने बताए ।