कीवर्डहरू -

स्प्राइटको नयाँ अफर, दैनिक स्मार्टफोन र हरेक हप्ता टिभी जित्ने मौका

स्प्राइटको नयाँ अफर, दैनिक स्मार्टफोन र हरेक हप्ता टिभी जित्ने मौका

स्प्राइटले प्रोमोसनल क्याम्पेन ‘स्प्राइटसँग जित्ने मौका’ सार्वजनिक गरेको छ । जसअनुसार  उपभोक्ताले दैनिक सामसङ स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्राप्त गर्नेछन् ।

यो योजना स्प्राइटमा मात्र नभएर कोका–कोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागु हुने कम्पनीले जनाएको छ । उपभोक्तासँग आफ्नो सम्बन्ध अझ नजिक बनाउन र उनीहरुलाई रमाइलो र यादगार क्षणहरु प्रदान यो योजना ल्याइएको कम्पनीको भनाइ छ ।

यो अफरमा सहभागी हुनको लागि उपभोक्ताहरूले बोतलको प्रमोशनल लेबलमा रहेको क्युआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ । अथवा, उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा पनि एसएमएस गर्नुपर्ने हुन्छ ।

यो अफर स्प्राइट, कोका–कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपालभरी लागु हुने जनाइएको छ । साउनबाट शुरु भएको यो अफर असोज ९ गतेसम्म लागु हुनेछ ।