कीवर्डहरू -

सुविसु केवल नेट प्रा.लि ले मनायो १७ औ बार्षीकोत्सभ

सुविसु केवल नेट प्रा.लि ले मनायो १७ औ बार्षीकोत्सभ

नेपालको एक अग्रणी इन्टरनेट नेटवर्क तथा टेलीभिजन सेवा प्रदायक कम्पनि सुबिसु १७ औ बर्ष पुरा गरि १८ औ बर्षमा प्रवेश गरेको छ । सन् २००१ देखि केवल टिभी सर्भिस सेवा शुरु गरेको सुविसु हाल देशको सूचना तथा संचारको क्षेत्रमा महत्वपुर्न् योगदान पुर्याउने एक अग्रणी कम्पनिको रुपमा स्थापित भएको छ । सुबिसु केवल नेट प्रा.लि. ले अहिले सम्म एचडी डिजिटल टिभी सर्भिस,रिटेल इन्टरनेट,इन्ट्रानेट सोलुसन तथा डाटा सेन्टर सोलुसन लगायत अन्य थुप्रै सेवाहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।

१७ वर्षको यो कोशेढुंगासंगै सुबिसु कम्पनिले आफ्ना अमुल्य ग्राहकहरुलाई थप नाबिन्तम तथा उच्च स्तरको सेवाहरु जस्तै : एचडी डिजीटल टिभी,फाइबर टु द होम,तथा मोबाइल टिभी-ओटिटी प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनिको १८ औ बार्षीकोत्सबको अवसरमा बोल्दै सुबिसुका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन साउदले ग्राहकहरुको निरन्तर माया र विश्वासले नै सुबिसु सफलता पुर्बक १८ औ बर्षमा प्रवेश गर्न सकेको बताए । साथै यहि माया र साथ सदैब भईरहे आफुले प्राप्त गरेको अनुभवका आधारमा ग्राहकहरुको सेवामा केन्द्रित रहने तथा आगामी दिनमा थप उच्च स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाए ।

क्लियर टिभी पनि नेपालको अग्रणी इन्टरनेट नेटवर्क तथा टेलीभिजन सेवा प्रदायक कम्पनि सुविसु केवल नेट प्रा.लि को प्रडक्ट हो । क्लियर टिभी देशकै पहिलो डिजिटल केवल टिभी सेवा हो । जहाँ हाईडेफिनिसन तथा स्ट्याण्डर्ड डेफिनिसनका च्यानलहरु प्रसारित हुन्छन् । क्लियर टिभीमा अहिले ५० वटा भन्दा धेरै एचडी च्यानल सहित २०० भन्दा धेरै डिजिटल च्यानलहरु रहेका छन् ।