कीवर्डहरू -

रिल्स एक्सपोर्ट गर्दा आवाज नजाने बग समाधान गर्दै इन्स्टाग्राम

रिल्स एक्सपोर्ट गर्दा आवाज नजाने बग समाधान गर्दै इन्स्टाग्राम

इन्स्टाग्रामले रिल्स एक्सपोर्ट गर्दा आवाज नजाने बगलाई ठिक गर्ने भएको छ । सो बग समाधान गर्न अहिले इन्स्टाग्रामले काम गरिरहेको छ ।

प्रयोगकर्ताले मेटाले जानीजानी अडियो म्यूट गरिरहेको पनि आरोप लगाएका थिए । भिडियो एक्सपोर्ट गरेर टिकटकमा हाल्दा आवाज म्यूट भइरहेको प्रयोगकर्ताको भनाइ थियो तर यस भनाईलाई मेटाले अस्वीकार गरेको छ ।

कम्पनीले एपमा अडियो ग्लीच भएको दावी गरेको छ र यस सन्दर्भमा कम्पनीले काम गरिरहेको पनि बताएको छ ।

हालमा रिल्स अडियोसँगै एक्सपोर्ट गर्दा इन्स्टाग्राममा पोस्ट गरेपछि मात्रै अडियो सहितको भिडियो पाउन सकिन्थ्यो । यसले प्रयोगकर्ताहरुलाई आफूलाई एपले जर्बदस्ती भिडियो पोस्ट गर्न लगाईरहेको जस्तो लाग्न थालेको थियो ।

यस सन्दर्भमा कम्पनीले तुरुन्तै काम गर्न प्रयोगकर्ताहरुको पनि आग्रह रहेको छ । लामो समयदेखि टिकटकसँग प्रतिस्पर्धा गर्न मेटाले भिडियो फरम्याटमा ध्यान दिइरहेको छ ।