कीवर्डहरू -

फेसबुक अकाउन्ट गुमाएका प्रयोगकर्ताले अब पुनः फिर्ता ल्याउन सक्ने

फेसबुक अकाउन्ट गुमाएका प्रयोगकर्ताले अब पुनः फिर्ता ल्याउन सक्ने

मेटाले आफ्नो अकाउन्ट गुमेका प्रयोगकर्ताहरुलाई सहयोग गर्न कस्टुमर सेवा शाखाको निर्माण गर्ने भएको छ । यसले कुनै प्रयोगकर्ताको हराएको अकाउन्ट खोज्न सहज पार्नेछ ।

यसबाट फेसबुकले कुनै समय अचानक पोस्ट तथा अकाउन्ट हटाईदिदा पनि सजिलै खोज्न दिनेछ । यो योजना अहिले प्रारम्भिक चरणमै रहेको कम्पनीले बताएको छ ।

अहिलेसम्म प्रयोगकर्ताहरूको अकाउन्ट ह्याक हुँदा वा नखुल्दा पुनः पाउने एकदम कमनै बाटो मात्रै रहेको छ तर कस्टुमर सेवा भएमा प्रयोगकर्ताहरूले सजिलै आफ्नो अकाउन्ट फिर्ता पाउन सक्छन् । यसले कम्पनी र प्रयोगकर्ता बिच संचार पनि बढाउने आशा गरिएको छ ।