कीवर्डहरू -

नेपाली बजारमा प्रवेश गर्‍यो रिभरसङ, स्मार्टवाच र एयरबड्स सार्वजनिक

नेपाली बजारमा प्रवेश गर्‍यो रिभरसङ, स्मार्टवाच र एयरबड्स सार्वजनिक

वेयरेवल तथा मोबाईल एसेसरिज उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक कम्पनी रिभरसङ नेपाली बजारमा प्रवेश गरेको छ।

मोबाईल एसेसरिजको आयात तथा बिक्री वितरणमा सक्रिय रहेको केमियो इन्टरनेशनलले रिभरसङलाई नेपाली बजारमा भित्र्याएको हो ।

विश्वका ६० भन्दा बढी देशमा विक्री वितरण भइरहेको रिभरसङले काठमाडौंको हायात प्लेसमा एक विशेष कार्यक्रम आयोजना गर्दै नेपाली बजारमा औपचारीक रुपमा प्रवेश गरेको घोषणा गरेको हो। रिभरसङ आईएमजी टेक्नोलोजी ग्रुपको लाईफस्टायल ब्राण्डको रुपमा नेपालमा प्रवेश गरेको छ।

केमियो इन्टरनेशनका सह संस्थापक उपेन्द्र शाहले एक गुणस्तरीय ब्राण्डलाई नेपाली बजारमा भित्र्याउन पाएकोमा खुशी व्यक्त गरे। अर्का सह–संस्थापक राज गुप्ताले रिभरसङले नेपाली मोबाईल एक्सेसोरीज बजारमा नयाँ छाप छोड्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा रिभरसङ इण्डियाका प्रमुख कार्यकारी अधिकृत माभेन्द्र कुमार चण्डोलाले विश्वभर नै स्मार्टवाचको बजार बढ्दो क्रममा रहेकाले नेपाली बजारमा समेत राम्रो बजार हासिल गर्ने अपेक्षा ब्यक्त गरे भने नेपाली बजारमा रिभरसङको ब्राण्ड सचेतना र विकासका लागि कुनै पनि किसिमको सम्झौता नगरिने बताए।

\"\"

रिभरसङले हाल नेपाली बजारमा ६ ओटा स्मार्टवाच र चार एयरबड्स् सार्वजनिक गरेको हो । अफलाईन डिस्ट्रिब्युसन च्यानल प्रयोग गरि नेपाली उपभोक्तामाझ सहज उपस्थिती जनाउने योजना बनाएको केमियोले केहि विशेष उत्पादनहरुलाई दराज, सस्तो डिल, ग्यापु लगायतका अनलाइनमा समेत उपलब्ध गराउने योजना बनाएको छ  ।

रिभरसङले आफ्ना उत्पादनमा १ वर्षको वारेन्टी प्रदान गरेको छ । केमियो इन्टरनेशनलले रिभरसङका ग्याजेट तथा एक्सेसोरिज्हरुको विक्री पश्चातको सेवा प्रदान  गर्नका लागि काठमाडौंको बालाजुमा एक विशेष सेवा केन्द्र संचालनमा ल्याएको छ भने चाईनाटाउन, बाघदरबारमा समेत ग्राहकहरुले विक्री पश्चातको सेवा प्राप्तिका लागि सम्पर्क गर्न सक्नेछन् ।