कीवर्डहरू -

पेड प्रयोगकर्ताका लागि विशेष फिचरहरु ल्याउँदै मेटा

पेड प्रयोगकर्ताका लागि विशेष फिचरहरु ल्याउँदै मेटा

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले भुक्तानी गर्न चाहने प्रयोगकर्ताहरुका लागि विशेष फिचर ल्याउने भएको छ । यसलाई कम्पनीले नयाँ मोनेटाइजेसन एक्सपिरियन्स नाम दिएको छ ।

यसले पूर्ण रुपमा पेड फिचरहरुमा मात्रै काम गर्नेछ । यसका लागि कम्पनीले मेटामा बेग्लै शाखा खोल्ने जनाएको छ । यसले एपमा पेड प्रयोगकर्ताहरुका लागि विभिन्न विशेष फिचरहरु ल्याउनेछ ।

यसले मेटालाई विज्ञापन बाहेक पनि पैसा कमाउने मौका दिनेछ । हालै आइओएसको विभिन्न प्राइभेसी नीतिमा परिवर्तन आएका कारण कम्पनीहरुलाई पैसा कमाउन समस्या परिरहेको छ, जसकारणले मेटाले यो बाटो छानेको हो ।