कीवर्डहरू -

चाइनामा लन्च भयो ५.५ इन्च डिस्प्ले तथा ४ जीवि र्याम सहितको नयाँ नोकिया ६ (२०१८)

चाइनामा लन्च भयो ५.५ इन्च डिस्प्ले तथा  ४ जीवि र्याम सहितको नयाँ  नोकिया ६ (२०१८)

एचएमडी ग्लोबलले नयाँ वर्षको पहिलो स्मार्टफोन नोकिया ६ (२०१८ ) चाइनामा सार्बजनिक गरेको छ । यो नयाँ डिभाइस अघिल्लो बर्ष लन्च भएको मिड रेन्ज स्मार्टफोन नोकिया ६ को अपग्रेड भेरीएन्ट हो । चाइनाको ई-कमर्स साइटमा प्रि-अर्डर उपलब्ध गराइएको यो ह्यान्ड सेट विश्व बजारमा कहिले बाट उपलब्ध हुन्छ भन्ने स्पष्ट छैन् । तर चाइनामा भने यसको बिक्रि यहि जनवरी १० बाट शुरु हुने छ। त्यस्तै यो फोन ब्ल्याक तथा सिल्भर कलर अप्सनमा उपलब्ध हुनेछ ।

अघिल्लो वर्षको जनवरीमा सार्बजनिक गरिएको नोकिया ६ मा फ्रन्टफेसिंग फिन्गरप्रिन्ट सेन्सर थियो भने यसमा चाही फिन्गरप्रिन्ट सेन्सरलाई रियरमा फिट गरिएको छ । त्यस्तै नोकियाले यस फोनमा क्यपसिटिभको बटनको ठाउँमा  नेभिगेसन बटनको प्रयोग गरेको छ । यो नयाँ ह्यान्डसेट ३२ जीबी र ६४ जीबी गरेर दुईवटा संस्करणमा उपलब्ध छ साथै फोनको मूल्य पनि स्टोरेजको आधारमा फरक-फरक रहेको छ । ३२ जीबी स्टोरेजको मूल्य १,४९९ युआन (करिब २३,५०० नेपाली रुपैंया ) तथा ६४ जीबी को मूल्य १,६९९ (करिब २६,५०० रुपैंया) तोकिएको छ ।

नोकिया ६(२०१८) मा ५.५ इन्च फुल एचडी आईपीएस एलसिडी डिस्प्ले रहेको छ । यसको रेजोलुसन १०८० x १९२० पिक्सेल तथा एस्पेक्ट रेसियो १६:९ रहेको छ ।यसको सुरकक्षाका लागि कोर्निंग गोरिल्ला ग्लास ३ प्रयोग भएको छ । त्यस्तै २.२ गिगाहर्ज ओक्टा-कोर क्वालकम स्न्याप ड्रागन ६३० प्रोसेसर राखिएको छ । नयाँ नोकिया ६(२०१८) मा ४ जीबी र्याम तथा ३२/६४ जीबी र्याम र्यामको विकल्प रहेको छ ।

यो ह्यान्डसेटमा क्यामेराको कुरा गर्दा फोनमा एपर्चर एफ/२.०,डुअल एलईडी फ्ल्यास तथा पीडीएएफ सहितको १६ एमपीको रियर क्यामेरा तथा वाइड एन्गल लेन्स सहितको भिडीयो च्याट तथा सेल्फी मज्जाले खिच्न मिल्ने ८ एमपीको फ्रन्ट क्यामेरा दिईएको छ । साथै यो फोनले डुअल-साइट टेक्नोलोजी सपोर्ट गर्छ अर्थात् यो फोनको क्यामेराबाट एकैसाथ रियर र फ्रन्टको प्रयोग गरेर तस्बिर लिन मिल्छ ।

नोकियाको नयाँ स्मार्टफोन ७.१.१ नोगात भर्जनमा चल्छ । साथै फोनमा ३००० एमएएचको पावरफुल ब्याट्री राखिएको छ । कनेक्टिभिटीको लागि फोनमा ४ जी-ओएलटिई,ब्लुटुथ ५.०,जीपीएस,ए-जीपीएस तथा ३.५ एमएम अडीयो ज्याक उपलब्ध छ । यसको अलावा प्रोक्सीमिटि सेन्सर ,एक्सेलेरोमिटर,जायरो तथा फिन्गरप्रिन्ट सेन्सर पनि यसमा रहेको छ ।