कीवर्डहरू -

सबै प्रयोगकर्ताहरूका लागि डिस्लाइक बटन रोल आउट गर्दै टिकटक

सबै प्रयोगकर्ताहरूका लागि डिस्लाइक बटन रोल आउट गर्दै टिकटक

टिकटकले सबै प्रयोगकर्ताहरुका लागि डिस्लाइक बटन रोल आउट गरिरहेको छ । यसले गर्दा तपाईलाई कुनै कमेन्ट मनपरेन भनेर डिस्लाइक गरेर जनाउन सक्नुहुनेछ । यो फिचर विश्वव्यापी रुपमै रोलआउट भईरहेको छ ।

यसबाट कमेन्टरले कुनै कन्टेन्टको बारेमा गरेको कमेन्ट ठिक छ की छैन् भनेर थाहापाउन सकिन्छ । तपाईलाई कसैको कमेन्ट नमनपरेको खण्डमा डिस्लाइक गर्न सक्नुहुनेछ ।

तर यस फिचरको दुरुपयोग हुन्छ भनेर युट्युबले जसरी नै टिकटकले पनि डिस्लाईकको संख्या नदेखाउने जनाइएको छ ।

धेरै डिस्लाइक भएको कमेन्ट टिकटकलाई हेट स्पीचको रुपमा रिपोर्ट हुने गर्दछ । यसले सामाजिक सञ्जाल मार्फत हुने उत्पीडन पनि घट्ने टिकटकको आशा रहेको छ ।