कीवर्डहरू -

४०० बढी म्यालिसियस एपबाट १० लाख फेसबुक प्रयोगकर्ताको युजरनेम र पासवर्ड चोरी 

४०० बढी म्यालिसियस एपबाट १० लाख फेसबुक प्रयोगकर्ताको युजरनेम र पासवर्ड चोरी 

फेसबुकका १० लाख प्रयोगकर्ताको लगइन जानकारी चोरिएको छ । म्यालिसियस एपबाट १० लाख प्रयोगकर्ताको लगइन जानकारी चोरिएको फेसबुकको मातृ कम्पनी मेटाले चेतावनी दिएको हो ।

मेटाको अनुसन्धानमा यो वर्ष ४०० भन्दा बढी म्यालिसिय एन्ड्रोइड र आईओएस एपहरू फेसबुक प्रयोगकर्ताको लगइन जानकारी चोर्न डिजाइन गरिएको थियो ।

त्यस्ता एपहरूबाट १० लाख प्रयोगकर्ता संक्रमित भएको मेटाले चेतावनी दिएको हो । एप्पल एप स्टोर र गूगल प्ले स्टोरमा उपलब्ध भएका गेम, फोटो एडिटर, हेल्थ एण्ड लाइफ स्टाइल र सेवा एपहरूले जानकारी चोरेको मेटाको अनुसन्धानमा देखिएको छ ।

म्यालिसियस एपले प्राय प्रयोगकर्तालाई फेसबुकबाट लगइन गर्न सोध्थ्यो । त्यसपछि एपले प्रयोगकर्ताको युजरमेन र पासवर्ड चोर्ने गरेका थिए । म्यालिसियस एपहरू गूगल प्ले स्टोर र एप्पल एप स्टोरमा हटाइएको मेटाको भनाइ छ ।