कीवर्डहरू -

सिग्नलमा पनि अब स्टोरी राख्ने सुविधा, अरू सामाजिक सञ्जाल जस्तो अनिवार्य नहुने

सिग्नलमा पनि अब स्टोरी राख्ने सुविधा, अरू सामाजिक सञ्जाल जस्तो अनिवार्य नहुने

म्यासेजिङ एप सिग्नलले पनि स्टोरी फिचर ल्याउने भएको छ  । अहिले सिग्नलले बेटाको रूपमा स्टोरी फिचर सार्वजनिक गरेको छ ।

सिग्नलको स्टोरी फिचर अन्य सामाजिक सञ्जाल, फेसबुक, स्न्यापच्याट, इन्स्टाग्राम, युट्युब जस्तै २४ घण्टासम्म देखिने छ ।  स्टोरीमा प्रयोगकर्ताले फोटो, भिडियो र टेक्स्ट सेयर गर्न सक्नेछन ।

सिग्नलका स्टोरीहरू एन्ड टु एण्ड इक्रिप्सनले सुरक्षित हुनेछन् । सिग्नलमा हुने च्याटहरूमा पनि यो फिचर लागु गरिएको छ ।

स्टोरी तपाई कसलाई सेयर गर्न चाहनुहुन्छ वा हुँदैन्, त्यसको नियन्त्रण पनि गर्न सक्नुहुनेछ । सिग्नलले ‘क्लोज फ्रेन्ड्स’ मा पनि स्टोरी सेयर गर्न दिनेछ ।

तपाईले सेयर गरेको स्टोरीमा अरूले हेर्न, रियाक्ट गर्न र रिप्लाई गर्न सक्नेछन् । अन्य प्लटेफर्म जस्तो स्टोरी फिचर अनिवार्य हुनेछैन् । यदी तपाईलाई स्टोरी फिचर मन पर्दैन् भने सेटिङमा गएर अफ गर्न सक्नुहुनेछ ।

बेटाको रूपमा उपलब्ध भएको सिग्नलको स्टोरी फिचर अहिले सिमित प्रयोगकर्तालाई मात्रै उपलब्ध छ । सबै प्रयोगकर्ताले यो फिचर उपयोग गर्न अझै केही समय लाग्ने छ ।