कीवर्डहरू -

उम्मेदवारसँग फोटो खिचाइ बधाई दिने तथा मत माग्ने कर्मचारी र शिक्षकमाथि कारबाही सुरू

उम्मेदवारसँग फोटो खिचाइ बधाई दिने तथा मत माग्ने कर्मचारी र शिक्षकमाथि कारबाही सुरू

निर्वाचन आयोगले उम्मेदवारको प्रचार सामग्रीको शेयर र लाइक गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरू गरेको छ ।

आयोगले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका उम्मेद्वारसँग फोटो खिचाइ बधाई तथा शुभकामना दिने, प्रचार सामग्री शेयर र लाइक गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरू गरेको हो ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को अनुगमन गर्दा आचारसंहिताको प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय या विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरु राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न भएको पाइएको आयोगले जनाएको छ ।

त्यसरी प्रचारप्रसारमा सम्लग्न कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरूका प्रचार सामग्रीहरुको शेयर र लाइक गर्ने गरेका घटनाहरु अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारवाही प्रारम्भ गरेको जानकारी दिइएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सीमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय या विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैसरकारी निकायबाट सन्चालित परियोजना विकास समिति तथा सोफा कर्मचारीले पालना गर्नुपर्ने आचारणहरुबारे स्पष्ट व्यवस्था गरिएको छ ।

आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको विपक्षमा प्रचारपसारमा सम्लग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सन्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सन्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।

उक्त व्यवस्था उलधनकतालाई निर्वाचन ऐन २०७३ को दफा २३ पमोजिम स्पष्टीकरण सोधी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।