कीवर्डहरू -

ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ गूगल प्ले स्टोरमा उपलब्ध

ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ गूगल प्ले स्टोरमा उपलब्ध

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसल गूगलको प्ले स्टोरमा उपलब्ध भएको छ  । यसअघि एप्पलको एप स्टोरमा मात्रै उपलब्ध भएको ट्रुथ पुनः प्ले स्टोरमा पनि उपब्ध भएको हो ।

यसमा कस्टम प्रोफाइल, सर्च टूल, भिडियो क्यापिब्लिटी फिचर, मेसेजिङ फिचर र डार्क मोडको फिचर उपलब्ध रहेको छ ।

एपमा राजनीतिज्ञ, सेलिब्रिटी र इन्फुलुएन्सरहरू जोडिएका छन् । यो एप फ्याम्ली फ्रेण्डली रहेको बताइएको छ । सन् २०२१ जनवरीमा अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणपछि फेसबुक र ट्विटरले ट्रम्पको अकाउन्टमा प्रतिबन्ध लगाएका थिए । त्यसपछि ट्रम्पले आफ्नै एप ल्याउने निर्णय गरेका थिए ।

यो एप गत फेब्रुअरीमै एप स्टोरमा सार्वजनिक भएको थियो तर एन्ड्रोईड प्रयोगकर्ताहरुले एपको वेब भर्सन वा साईडलग प्रयोग गर्नु परिरहेको थियो ।