कीवर्डहरू -

ट्विटरमा अब आफ्नो मेन्सनलाई सिमित बनाउन सकिने

ट्विटरमा अब आफ्नो मेन्सनलाई सिमित बनाउन सकिने

ट्वीटर प्रयोगकर्ताहरुले आफ्नो मेन्सन सिमित गर्न सक्ने भएका छन् । ट्विटरले हाल मेन्सन सिमित गर्न सकिने फिचर परीक्षण गरिरहेको छ ।

ट्वीटरमा कुनै पनि प्रयोगकर्तालाई मेन्सन गरेर मात्र नै पहुँच पाउन सकिन्छ तर यसले कहिलेकाँही प्रयोगकर्तालाई दिक्क बनाउने गर्दछ ।

आफूसँग धेरै नजिक नभएको मान्छेले पनि मेन्सन गरेर झ्याउ लगाउने गर्दछन् । त्यसैलाई नियन्त्रण गर्नका लागि ट्वीटरले मेन्सन सिमित गर्ने फिचरको जाँच गरिरहेको छ ।

यो फिचर आधिकारिक रुपमा सार्वजनिक भएपछि मेनसन गर्नै नमिल्ने वा फलो गरेको मान्छेले मात्रै गर्न मिल्ने बनाउन सकिन्छ । यसले प्रयोगकर्तालाई बढि गोपनीयताको सुविधा दिने गर्दछ ।