कीवर्डहरू -

अब नेटफिल्क्सको एउटा अकाउन्टमा जोडिएका सबै थप प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने

अब नेटफिल्क्सको एउटा अकाउन्टमा जोडिएका सबै थप प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने

नेटफिल्क्सले आउँदो वर्ष देखि एक्स्ट्रा प्रयोगकर्ताहरुसँग शुल्क लिन थाल्ने भएको छ । अब सन् २०२३ को सूरुवात देखि लगइन क्रेडेन्सियल सेयर गरेको सबै जनाको थप शुल्क लाग्ने भएको छ ।

एउटै अकाउन्टबाट धेरै प्रयोगकर्ताहरुले हेरिरहेको र नेटफिल्क्सलाई त्यसले घाटा लागिरहेको कारणले अब सबैजनासँग थप शुल्क लिने भएको हो । अब ‘हुझ वाचिंग’ मा रहेको सबैजनाले शो हेर्नका लागि शुल्क तिर्नुपर्ने हुन्छ ।

प्रत्येक थप प्रयोगकर्ताले ३ देखि ४ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । नेटफिल्क्सले हालैमा आफ्नो प्लेटफर्मको विज्ञापन भएको भर्सन पनि सार्वजनिक गरेको छ जसको महिनाको ७ अमेरिकी डलरमात्रै तिर्नुपर्ने हुन्छ ।