जगदम्बा मोटर्स, अन्तर्रा्ष्ट्रिय स्तरमा प्रसिद्ध दुइ तथा तिन पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता, ले नव वर्ष २०७६ को उमंगमय अवसरमा केन्द्रित रहि आफ्नो टिभिएस ‘सात छ हाम्रो’ अफर आफ्ना अमुल्य ग्राहकहरु सामु विस्तार गरेको छ ।
नयाँ वर्षको सुनौलो सुरुवात टिभिएसको साथ् मनाउन र शुभकामना स्वरूप सोअफर ग्राहकहरुको माझ ल्याइएको हो । हरेक दुइ पांग्रे सवारी प्रेमीहरुको एक मात्र समाधान केन्द्रको रुपमा अवस्थित भएको टिभिएसको ‘साथ छ हाम्रो‘ अभियान टिभिएसले दुइ वर्ष अघि परिचित गराएको थियो जसले टिभिएस आफ्नो ग्राहकहरुको लागि सेवा र सुविधाको लागि हरदम तत्पर रहने प्रतिबद्धता गरेको थियो।
त्यसै कारण यही २०७५ चैत्र ११ गते देखि सुरु हुने उक्त अफरमा टिभिएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा रु ७,०००/- को श्योरशट नगद छुटको व्यवस्था गरिएको छ ।
यस अफरले स्क्र्याच कुपनको झनजट हटाइ ग्राहकहरुको सहजताका लागि हरेक खरिदमा तोकिएको छुट पाइने व्यवस्था गरिएको हो । यही २०७६ वैशाख मसान्तसम्म लागु हुने उक्त अफरबाट लाभान्वित हुन टिभिएसका अधिकारीहरु सारा ग्राहकहरुलाइ विनम्र आग्रह गर्दछन ।
टिभिएसले आफ्नो सात भिन्नाभिन्नै सीसीका उत्पादनहरुमा ५ वर्षको वारेन्टी, अनस्पट फाइन्यन्स, अनस्पट एक्सचेन्ज, १ घन्टे एक्सप्रेस सेवा लगायतका अन्य विभिन्न सेवाका फाइदाहरु दिदै आएको छ । उक्त आठ सीसी मध्य ड्याज, जेस्ट, विगो कम्बो, ११० सीसी अन्तर्गत पर्छन साथै १२५ सीसी अन्तर्गत जुपिटर क्लासिक, एण्टोर्क र स्ट्राइकर, १५० सीसी अन्तर्गत अपाचि आरटीआर १५० २ भी भी २, १६० सीसी अन्तर्गत अपाचि आरटीआर १६० २ भी भी २ र अपाचि आरटीआर १६० ४ भी, १८० सीसी अन्तर्गत अपाचि आरटीआर १८०, २०० सीसी अन्तर्गत अपाचि आरटीआर २०० ४ भी भी २, र ३१० सीसी अन्तर्गत अपाचि आरआर ३१० रहेका छन् ।
देशभर फैलिएको सेवा तथा बिक्रि केन्द्रहरुमा अनुभवी र दक्ष हातहरुको गुणस्तरीय सेवाले हरेक ग्राहकलाइ खुसि र सन्तुष्टिको अनुभव गराउने प्राथमिकता टिभिएसले आफ्नो थालनीको दिन देखिनै जोड दिदै आएको छ ।
ग्राहकहरुको टिभिएसका उत्पादनहरु प्रतिको माया र समर्थनलाइ यस अफर मार्फत आभार व्यक्त गरेको छ । टिभिएसले आउने दिनहरुमा ग्राहकहरुके सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न अफर र कार्यक्रमको आयोजना गर्ने उद्देश्य बोकेको छ ।