कीवर्डहरू -

कन्टेन्ट क्रियटरलाई एक अर्ब अमेरिकी डलर उपलब्ध गराउँदै फेसबुक

कन्टेन्ट क्रियटरलाई एक अर्ब अमेरिकी डलर उपलब्ध गराउँदै फेसबुक

फेसबुकले कन्टेन्ट क्रियटरहरूलाई राम्ररी आम्दानी गर्न दिनका निम्ति एक अर्ब अमेरिकी डलर उपलब्ध गराएको छ ।

फेसबुकले पहिले पनि समय समयमा कन्टेन्ट क्रियटरहरूलाई पुरस्कृत गर्ने गरेको थियो र अहिले पनि कम्पनीले कन्टेन्ट क्रियटरमा लगानी गरिरहेको छ ।

फेसबुकमा कम्पनीका विभिन्न उत्पादनलाई बेग्लै तरिकाले प्रयोग गर्ने क्रियटरहरूलाई यस्तो रकम उपलब्ध गराइएको छ ।
भर्खरै कन्टेन्ट सेयर गरेर दर्शक बनाउँदै गरेको क्रियटरहरुलाई पनि फेसबुकले रकम दिने भएको छ ।

फेसबुकले इन्स्टाग्राम र फेसबुकमा बोनस सेक्सन भन्ने राखेको छ जसले कसले र कसरी निवेदन भर्न सक्छन् भनेर मार्गदर्शन गरिएको हुन्छ ।

फेसबुकले क्रियटरको भिडियोमा विज्ञापन राख्दा वा लाइभ स्ट्रिमिङमा निश्चित लक्ष्य पुरा गरेमा क्रियटरहरुले यस किसिमको रिवार्ड पाउँछन् । यो नयाँ अवसर फेसबुकका साथै इन्स्टाग्राम तथा आईजी टिभी र रिल्समा पनि उपलब्ध भएको छ ।

यो भन्दा पहिले टिकटक र स्न्यापच्याट जस्ता एपले क्रियटरलाई रकम उपलब्ध गराउँदै आएका थिए। यो रकमले गर्दा क्रियटरहरुले युट्युब, सब्स्ट्याक, ट्वीच र टिकटक जस्ता कन्टेन्ट वाला एपहरुबाट क्रियटरलाई यता ध्यान आकर्षण गराउने फेसबुकले अपेक्षा गरको छ ।

कुनै एउटा उत्पादनमा केन्द्रित हुनेभन्दा पनि कम्पनीले विभिन्न प्रकारका गतिविधि र लक्ष्य पुरा गरेको आधारमा यस किसिमको रकम बोनस स्वरुप उपलब्ध गराउँछ ।

कम्पनीले यस वर्ष देखि क्रियटरहरुको आम्दानी पनि लिईरहेको छैन् । यसरी क्रियटरहरुले अझै पैसा कमाउन पाउने र कन्टेन्ट सेयर गर्न पाउने एपको विश्वास छ ।