कीवर्डहरू -

अब युट्युबमा स्वास्थ्य सम्बन्धी भिडियो बनाउनलाई भेरिफाई गरिएको हुनुपर्ने

अब युट्युबमा स्वास्थ्य सम्बन्धी भिडियो बनाउनलाई भेरिफाई गरिएको हुनुपर्ने

युट्युबले हेल्थकेयर प्रोफेसनलहरुका लागि भेरिफिकेसन कार्यक्रम ल्याउने भएको छ । अब युट्युबमा स्वास्थ्य विज्ञ हुनका लागि यो भेरिफिकेसन कार्यक्रम पास गर्नुपर्ने हुन्छ ।

यसले गर्दा युट्युबका प्रयोगकर्ताले सक्कली डक्टर, नर्स तथा अरु स्वास्थ्य सेवा प्रदायकहरुबाट परामर्श तथा जानकारी लिन सक्नेछन् । यसले गर्दा कुनै पनि क्रियटरले आएर स्वास्थ्य सम्बन्धी जे मनलाग्यो त्यही भन्न पाउँदैनन् । यसले गर्दा दर्शकहरुले पनि आधिकारिक जानकारी सहजै रुपमा प्राप्त गर्न सक्नेछन् ।

यसले स्वास्थ्यको क्षेत्रमा गुणस्तरीय जानकारी प्राप्त गर्न सहयोग मिल्नेछ । भेरिफाई भईसेकसिछ यो भिडियो स्वास्थय विज्ञ वा आधिकारिक संस्थाबाट निर्मित भएको हो भनेर भिडियोमा लेबल आउनेछ ।

यस भेरिफिकेसन कार्यक्रममा समावेश हुनका लागि प्रयोगकर्तासँग राम्ररी चलिरहेको युट्युब अकाउन्ट र मेडिकल लाइसेन्स हुनुपर्छ । यो प्रोग्राम अहिलेका लागि अमेरिकाको लागि मात्रै उपलब्ध रहेको छ ।