कीवर्डहरू -

स्नापच्याटले सार्वजनिक गर्याे डिरेक्टर मोड

स्नापच्याटले सार्वजनिक गर्याे डिरेक्टर मोड

स्नापच्याटको डिरेक्टर मोड नामक एडिटिङ टूल प्रयोगका लागि तयार भएको छ । यो फिचर दुवै एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताका लागि उपलब्ध भएकोे छ । यस स्नापका क्रियटरहरुलाई भिडियो निर्माण गर्न झनै सहज बनाउनेछ ।

यस भर्चुअल ग्रिन स्क्रीन, क्यामेरा स्पीड परिवर्तन गर्न मिल्ने फिचर र थुप्रै क्लिपलाई सजिलै एडिट गर्न मिल्ने फिचरहरु आएका छन् ।

यसमा मोडमा डुअल क्यामेरा फिचर पनि प्रयोग गर्न सकिन्छ । डुअल क्यामेरा स्नापच्याटको साधारण क्यामेरामा पनि उपलब्ध भएको फिचर हो ।

डिरेक्टर मोड स्नापच्याटको स्पटलाईटमा भिडियो बनाउन चाहनेहरुका लागि उपयोगी हुनेछ । विशेषगरी भेरिफाई भएका प्रयोगकर्ताहरुका लागि यस मोडले धेरैनै सहयोग पुर्याउनेछ ।

टिकटकसँग छोटो भिडियोका लागि प्रतिस्पर्धा गर्नका लागि स्नापच्याट, इन्स्टाग्राम, फेसबुक जस्ता एपले नयाँनयाँ फिचरहरु ल्याईरहेका छन् ।