कीवर्डहरू -

टिकटकसँग प्रतिस्पर्धा गर्नका निम्ति गूगलले खरिद गर्याे एआई अवतार निर्माण गर्ने कम्पनी

टिकटकसँग प्रतिस्पर्धा गर्नका निम्ति गूगलले खरिद गर्याे एआई अवतार निर्माण गर्ने कम्पनी

गूगलले टिकटकसँग प्रतिस्पर्धा गर्नका निम्ति एआई अवतार निर्माण गर्ने कम्पनी खरिद गरेको छ । अल्टर नामक यो स्र्टाटअपले लामो समयदेखि अवतारको विकासका लागि काम गर्दै आएको छ ।

कम्पनीले अल्टर खरिद गर्नका निम्ति १०० मिलियन डलर लगानी गरेको थियो । कम्पनीले दुई महिना अघिनै अल्टरलाई अधिग्रहण गरेको थियो तर यसको बारेमा जानकारी अहिले आएको छ ।

अल्टर खरिद गरेर टिकटकसँग प्रतिस्पर्धा गर्ने टेकजायन्टहरुको दौडमा गूगलले पनि सहभागिता जनाएको छ । गूगलले मासिक १.५ बिलियन सक्रिय प्रयोगकर्ता भएको जनाएको थियो ।