कीवर्डहरू -

ट्विटर ब्लु प्रयोग गर्न अब ८ डलर तिर्नुपर्ने 

ट्विटर ब्लु प्रयोग गर्न अब ८ डलर तिर्नुपर्ने 

ट्वीटर अकाउन्टमा ब्लु टिक पाएका प्रयोगकर्ताले अब मासिक ८ डलर तिर्नुपर्ने भएको छ । ट्विटर पूर्ण रुपमा विज्ञापन दातामा भर नपर्ने भन्दै ट्वीटर ब्लु प्रयोगकर्ताले अब ८ डलर तिर्नुपर्ने भएको हो ।

यो सब्सक्रिप्सन फिचरमा रिप्लाई, मेन्सन गर्ने जस्तो फिचरमा प्राथमिकता पाइने ट्विटरको भनाइ छ । यसले प्लेटर्फममा स्पामको संख्या पनि घटाउने मस्कको भनाइ रहेको छ ।

मस्कले यसअघि ब्लु टिकको मासिक रुपमा २० डलर लिने सोचेका थिए तर प्रयोगकर्ताहरुले त्यसको आलोचना गरेपछि ८ डलरमा झारेका हुन् ।

सब्सिक्रिप्सन शुल्क राखेपछि स्पामको संख्या पनि कम हुने मस्कको विश्वास छ । ट्वीटर ब्लुको मूल्य विभिन्न देशको उपभोक्ता क्षमताको अनुसार फरक पर्न सक्ने छ ।

Twitter’s current lords & peasants system for who has or doesn’t have a blue checkmark is bullshit.

Power to the people! Blue for $8/month.

— Elon Musk (@elonmusk) November 1, 2022