गूगल ड्राइभमा कुनै फाइल सिमित समयका लागि मात्रै सेयर गर्न पनि सकिने भएको छ । यसले फाइलमा एक्सपायर हुने समय पनि राखेको हुन्छ ।
यसले प्रयोगकर्तालाई प्राइभेसी सुरक्षित राख्न पनि दिन्छ । ड्राइभमा आफ्नो फाइललाई अझै नियन्त्रित बनाउन दिन्छ । समय सिमा गएपछि पुनः एक्सेस माग्नुपर्ने हुन्छ ।
यो फिचर गूगल वर्कस्पेसका लागि मात्रै उपलब्ध रहेको छ । त्यस कारण निजी अकाउन्टका लागि मात्रै यो फिचर प्रयोग गर्न सकिदैन् । यो फिचर सन् २०२१ मा बेटा भर्सनको रुपमा उपलब्ध भएको थियो ।