कीवर्डहरू -

अब ह्वाट्सएपमा आफैले आफैलाई म्यासेज गर्न सकिने

अब ह्वाट्सएपमा आफैले आफैलाई म्यासेज गर्न सकिने

लोकप्रिय सामाजिक ह्वाट्सएपमा अब आफैले आफैलाई म्यासेज गर्न सकिने भएको छ । यसका लागि ह्वाट्सएपले अहिले आफैलाई म्यासेज गर्न मिल्ने फिचरको बेटा सार्वजनिक गरेको छ ।

अक्टोबरमा ह्वाट्सएपले वाबेटाइन्फोमा मेसेज योरसेल्फ फिचर आउन लागेको जनाएको थियो । यो फिचर एन्ड्रोइड र आईओएस दुवैको बेटा प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

यसले गर्दा आफ्नै फोन नम्बरमा मेसेज गर्न सकिन्छ । यो फिचर तपाईको लागि उपलब्ध भयो की भएन भनेर आफ्नो सम्पर्क सूचीमा गएर आफ्नो नम्बर देखिएको छ की छैन् भनेर हेर्नुपर्ने हुन्छ ।

आफूलाई पठाएको मेसेज तपाईले लिंक गरेको सबै डिभाइसमा देखिन्छ । यसले केही महत्वपूर्ण फाइल तथा मेसेजहरु आफूलाई पठाउन दिन्छ ।

ह्वाट्सएपको यो फिचर अहिले सिमित प्रयोगकर्तालाई मात्रै उपलब्ध भएको छ । त्यसकारण तत्कालै सबै प्रयोगकर्ताले म्यासेज योरसेल्फ फिचरको सुविधा नपाउन सक्छन् । यस्तो फिचर पहिलेनै मेसेन्जर जस्तो एपमा उपलब्ध रहेको छ ।