कीवर्डहरू -

मिडरेन्ज स्मार्टफोन - हुवावे नोभा टु आइ

फूलभ्यु डिस्प्ले र ४ वटा क्यामेराको आकर्षण

मिडरेन्ज स्मार्टफोन - हुवावे नोभा टु आइ

चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेले गत महिना अन्तर्रा्ष्ट्रिय बजारमा सार्वजनिक गरेको फोन ‘नोभा टु आइ’ नेपाली बजारमा भित्रिएको छ ।  यसमा प्रयोग भएको हुवावे फूलभ्यु डिस्प्ले र ४ वटा क्यामेराले यसको आकर्षण थपेको छ ।


पहिलो हुवावे फूल भ्यू डिस्प्ले प्रविधि र उच्च–गुणस्तरको ५.९ इन्च स्क्रीन भएको यो हुवावेको पछिल्लो आशालाग्दो स्मार्टफोन हो । ८३ प्रतिशतको स्क्रीन–टु–बडि रेसियो र १८ः९ आस्पेक्टले यसलाई स्पष्ट, सफा र उज्यालो ईमेजको लागि सुन्दर ‘वाइडस्क्रीन भ्युइङ्ग’ अनुभूति प्रदान गर्दछ ।

४ वटा क्यामराहरु भएको यो स्मार्टफोन सम्भवत नेपालको लागि पहिलो हो । फोनमा १३ र २ मेगापिक्सेलका दुई सेल्फी क्यामेरा छन् । यी प्रिमियम सेल्फी क्यामरामा भएको नयाँ सेल्फी टोनिङ फ्ल्यास्ले अझ कलात्मक र जीवन्त फोटोको लागि स्टुडियो क्वालिटी लाइटिङ प्रदान गर्दै पोट्रेट फोटोग्राफीलाई उत्कृष्ट बनाउनेछ ।

\"\"
फोनमा १६ र २ मेगापिक्सेलका दुई रियर (पछाडितर्फको) क्यामरा छन्। यसको १६ मेगापिक्सेलको लेन्सले हरेक डिटेलहरु क्याप्चर गर्न मद्दत गर्छ भने २ मेगापिक्सेलको ‘आरजीबी’ लेन्सले सटीक ‘फिल्ड अफ डेप्थ’ क्याप्चर गर्ने छ । यसबाहेक यी क्यामेराहरुमा पोट्रेट मोड, वाइड एपेर्चर मोड तथा मोशन फोटो लगायतका फिचर्सहरु समेत समावेश छन् ।

यसमा  ८–कोर किरिन ६५९ चिपसेट, ४ जीबीको र्याम र ६४ जीबीको इन्टरनल स्टोरेज भएको फोनका कन्टेन्टहरु ‘स्ट्रीमिङ’ हुँदा–हुँदै विभिन्न एप्लीकेशनहरु एकै चोटि चलाउन सकिन्छ ।

फोनमा ३ हजार ३४० एमएएचको ब्याट्री छ । फोनमा ‘हुवावे हिस्टेन अडियो सिस्टम’ फिचर पनि छ जसले भिडियो र गेमिङमा उत्कृष्ट आवाजको अनुभव प्रयोगकर्ताले गर्न पाउने छन । हुवावेले नेपाली बजारमा केहि समयको अन्तरालमा सार्वजनिक गरेको यो उत्कृष्ट स्मार्टफोन सावित हुने अनुमान गरिएको छ ।
यसको मुल्य रु ३३ हजार ९ सय रहेको छ ।