कीवर्डहरू -

अब एउटै ह्वाट्सएप अकाउन्ट ५ वटा फोनमा प्रयोग गर्न सकिने

अब एउटै ह्वाट्सएप अकाउन्ट ५ वटा फोनमा प्रयोग गर्न सकिने

अब केही समयपछि एउटै ह्वाट्सएप अकाउन्ट विभिन्न डिभाइसहरुमा लग इन गर्न सकिने भएको छ । चाँडै एउटै ह्वाट्सएप अकाउन्ट एकै पटक पाँच ओटा डिभाइससम्ममा लगइन गर्न सकिनेछ ।

यसलाई ह्वाट्सएपको कम्प्यानियन मोड भनिन्छ । यो फिचरमा ह्वाट्सएपमा लामो समयदेखि काम गरिरहेको थियो । कम्प्यानियन मोड पहिले देखिनै पिसीहरुका लागि उपलब्ध रहेको थियो ।

अब भने फोनका लागि पनि यो मोड उपलब्ध हुने भएको छ । यो मोडलाई लिंक विथ योर फोन फिचर पनि भनिन्छ ।

यसले तपाईको सेकेण्डरी डिभाइसहरुमा ह्वाट्सएप लग इन गरेर प्रयोग गर्न दिन्छ । यो फिचर अहिलेका लागि बेटा परिक्षण भईरहेको छ ।