कीवर्डहरू -

स्थिर समय सुरू, सामाजिक सञ्जालमा के के गर्न पाइदैन् ?

स्थिर समय सुरू, सामाजिक सञ्जालमा के के गर्न पाइदैन् ?

मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्थिर समय सुरू भएको छ । शुक्रबारदेखि स्थिर समय सुरू भएको हो ।

स्थिरमा समय सुरू भएपछि सामाजिक सञ्जाल, अनलाइन लगायका अन्य कुनै पनि माध्यमबाट निर्वाचनको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन पाइदैन् ।

साथै निर्वाचन प्रचार प्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, शर्ट म्यासेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्न पाइने छैन् ।

त्यस्तै राजनीतिक दल तथा उम्मेद्वार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचार प्रसारका सामग्री हटाउनु पर्नेछ ।