स्पोटीफाईले पोडकास्ट क्रियटरहरुका लागि वान क्लिक अडियो इन्ह्यान्समेन्ट फिचर ल्याएको छ । यस फिचरसँगै स्पोटीफाईले अब महंगो माइक नकिनेर हल्ला भएको ठाउँमा पनि क्लियर आवाज सुन्न सकिने छ ।
अडियो इन्ह्यान्समेन्ट फिचरले निःशुल्क राम्रो गुणस्तरमा पोडकास्ट रेकर्ड गर्ने मौका दिने बताइएको छ । यो फिचर स्पोटीफाईको एन्कर एपमा उपलब्ध भएको छ ।
यस फिचरले गर्दा तपाईको बोलेको आवाज मात्रै प्रष्ट सुनिने छ र ब्याकग्राउण्डको सबै आवाज हराएर जान्ने छ । यो भएपछि कुकुर भुकेको, चरा चिरबिर गरेको वा बच्चा रोएको बेला तपाईले पोडकास्ट एपिसोड बिचमा रोक्नुपर्दैन् ।
कम्पनीले पोडकास्टलाई सबैले सहजै चलाउन सक्ने गरी काम गरिरहेको छ । पोडकास्टका लागि चाहिने माइक धेरै महंगो हुने गर्दछ । यस फिचरले माइक किनिरहने झनझट बाट मुक्त गर्ने आशा गरिएको छ ।