कीवर्डहरू -

ह्वाट्सएपमा थप नयाँ इमोजी आउँदै

ह्वाट्सएपमा थप नयाँ इमोजी आउँदै

म्यासेजिङ एप ह्वाट्सएपमा थप २१ ओटा नयाँ ईमोजी आउने भएका छन् । वाबेटाइन्फोका अनुसार एपले ८ ओटा ईमोजीलाईलाई यो बिचमा रिडिजाइन पनि गरिसकेको छ जुन बेटा भर्सनमा हेर्न पनि सकिन्छ ।

प्लेस्टोरमा उपलब्ध भएको पछिल्लो बेटा भर्सनमार्फत ८ ओटा नयाँ इमोजी प्राप्त गर्न सकिने छ भने चाँडै सबै बेटा प्रयोगकर्ताका लागि २१ ओटै ईमोजी उपलब्ध गराइनेछ ।

ह्वाट्सएपले एन्ड्रोइड बेटाका लागि नयाँ डिस्एपियरिङ फिचर पनि सार्वजनिक गरेको छ । यसले इन्स्टाग्रामको भ्यानिस मोड सरहनै काम गर्छ । यसका लागि २.२२.२५.११ बेटा अपडेट इन्स्टल गर्नुपर्ने हुन्छ ।