कीवर्डहरू -

स्याडोब्यान भएको थाहा पाउने फिचर ल्याउँदै ट्विटर

स्याडोब्यान भएको थाहा पाउने फिचर ल्याउँदै ट्विटर

ट्वीटरले स्याडोब्यान भएको थाहा पाउने फिचर ल्याउने भएको छ । ट्वीटरका सिइओ एलन मस्कका अनुसार ट्वीटरले स्याडोब्यान भएको देखाउने फिचरको विकास गरिरहेको हो ।

स्याडोब्यान भनेको कुनै साइटमा आफ्नो पोस्टहरु नदेखाउनु हो । यसले तपाईको पोस्टलाई गायब बनाइदिने गर्दछ । इन्स्टाग्रामले हालै स्याडोब्यान भएको थाहा पाउने फिचर सार्वजनिक गरेको थियो ।

सोही फिचरलाई ट्वीटरले पनि सार्वजनिक गर्न खोजेको हो । ट्वीटरको नयाँ टूलले कुनै प्रयोगकर्ता किन स्याडोब्यान भएका हुन् भनेर कारणसहित बताउने गर्दछ । कारण थाहा पाएपछि त्यस्तो पोस्टहरुमा भविष्यमा नगरेमा तपाईको अकाउन्ट स्याडोब्यान हुँदैन् ।