कीवर्डहरू -

ट्वीटरको कम्युनिटी नोट फिचर विश्वव्यापी रुपमा सार्वजनिक हुँदै

ट्वीटरको कम्युनिटी नोट फिचर विश्वव्यापी रुपमा सार्वजनिक हुँदै

ट्वीटरको कम्युनिटी नोट फिचर विश्वव्यापी रुपमा सार्वजनिक हुन थालेको छ ।  यो फिचरलाई पहिले बर्डवाच भनिने गरिन्थ्यो ।

यो फिचर गलत जानकारीसँग लड्नका लागि बनाएको हो । कम्युनिटी नोटले गलत जानकारीहरु फैलिन नदिनका लागि क्राउड सोर्स प्रक्रिया प्रयोग गर्ने गर्दछ  । यो फिचर ज्याक डोर्से हुँदा नै निर्माण भईरहेको थियो ।

कम्युनिटी मोडरेटरहरुले नोट्समा कुनै विषय राखिदिन सक्छन् र त्यसबारेमा सबै प्रयोगकर्ताहरुले कमेन्ट गर्न सक्छन् । अहिले धेरैजनाले ट्वीटर माथि विश्वास गरिरहेका छैनन् तर पनि यो फिचरले पुनः विश्वास स्थापना गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ ।