कीवर्डहरू -

गाइडलाइन उल्लघंन गर्ने कमेन्ट गरेमा युट्युबले २४ घण्टासम्म थप कमेन्ट गर्न नदिने

गाइडलाइन उल्लघंन गर्ने कमेन्ट गरेमा युट्युबले २४ घण्टासम्म थप कमेन्ट गर्न नदिने

प्रयोगकर्ताहरुको नराम्रो कमेन्ट हटाएमा २४ घण्टासम्म कमेन्ट गर्न नमिल्ने फिचर युट्युब सार्वजनिक गरेको छ । कम्युनिटी गाईडलाइन उल्लंघन गरेमा युट्युबबाट प्रयोगकर्ताहरुलाई २४ घण्टासम्म कमेन्ट गर्न नसक्ने गरी ब्लक गर्ने भएको हो ।

यसको अर्थ तपाईले युट्युबको गाइडलाइन उल्लघंन गर्ने गरी कमेन्ट गर्नुभयो र उक्त कमेन्ट युट्युबले डिलिट गर्‍यो भने २४ घण्टासम्म युट्युबको भिडियोमा थप गर्न सक्नुहुने छैन् ।

कमेन्ट डिलिट नहुनुपर्ने जस्तो लागेमा प्रयोगकर्ताले आफ्नो प्रतिक्रिया पनि दिन सक्नेछन् । कमेन्ट डिलिट हुँदा युट्युबले नोटिफिकेसन पनि दिनेछ ।

युट्युबले केही समय अघि यस फिचरलाई परीक्षण गरेको थियो र प्रभावकारी साबित भएपछि अहिले यो फिचर आधिकारिक फिचरको रुपमा सार्वजनिक भएको हो । युट्युबले १.१ बिलियन स्पयाम कमेन्टहरु सन् २०२२ को पहिलो भागमा डिलिट गरेको थियो ।