कीवर्डहरू -

ट्विटरको सीईओ पद छोड्ने की नछोड्ने बारे पोल गर्दै मस्क, प्रयोगकर्ताको निर्णय स्वीकार गर्ने

ट्विटरको सीईओ पद छोड्ने की नछोड्ने बारे पोल गर्दै मस्क, प्रयोगकर्ताको निर्णय स्वीकार गर्ने

एलन मस्कले आफूले ट्विटरको सिईओ पद छोड्ने की नछोड्ने भनेर पोल गरेको छन् । ट्वीटरका सिइओ मस्कले पोलमा भोट गर्ने प्रयोगकर्ताहरुको निर्णयलाई स्वीकार गर्ने बताएका छन् ।

आगामी दिनमा पनि कम्पनीको कुनै नीति निर्माण गर्नका लागि प्रयोगकर्ताहरुको राय लिएर मात्रै अघि बढ्ने प्रतिबद्धता मस्कले गरेका छन् ।

यो समाचार लेख्दासम्म ५६.६ प्रतिशत प्रयोगकर्ताले मस्कले सिइओको पद छोड्दा उपयुक्त हुनेमा भोट गरेका छन् र बाँकी ४३.४ प्रतिशतले सीईओ नछोड्न भोट गरेका छन् ।

पोलमा एक करोड ३२ लाख ५३ हजार ४६६ जनाले भोट गरिसकेका छन् र पोल सकिनका लागि चार घण्टा बाँकी रहेको छ । यो पोलको निर्णय अनुसार उनले स्थान छाडने भएमा कोही अरुले यो अभिभार सम्हाल्नेछन् ।

Should I step down as head of Twitter? I will abide by the results of this poll.

— Elon Musk (@elonmusk) December 18, 2022

Should I step down as head of Twitter? I will abide by the results of this poll.

— Elon Musk (@elonmusk) December 18, 2022