कीवर्डहरू -

प्रयोगकर्ताहरुको रिक्याप रिल निर्माण गर्दै इन्स्टाग्राम

प्रयोगकर्ताहरुको रिक्याप रिल निर्माण गर्दै इन्स्टाग्राम

इन्स्टाग्रामले प्रयोगकर्ताहरुलाई २०२२ को रिक्याप रिल निर्माण गरिदिने भएको छ । यसका लागि प्रयोगकर्ताले तीन ओटा फोटा वा भिडियो छनोट गर्नुपर्ने हुन्छ । यी फोटा वा भिडियोलाई स्टीच गरेर इन्स्टाग्रामले रिल बनाइदिने गर्दछ ।

रिलमा बाड बन्नी, डिजे खालेद, प्रिआ फरग्युसन जस्ता सेलिब्रिटीहरुको आवाजहरुमा कथन हुने गर्दछन् । गत वर्ष इन्स्टाग्रामले रिक्याप फिचरलाई प्लेब्याक भन्ने गरेको थियो ।

यसमा इन्स्टाग्रामले प्रयोगकर्ताहरुको १० ओटा स्टोरीलाई छनोट गरेर रिल बनाउने गर्दछ । यसले गर्दा यो वर्ष भरि के के गर्याे भनेर कुनै अरु एप प्रयोग गरेर भिडियो सिर्जना गर्ने झन्झटबाट सबैजना मुक्त हुन सक्ने छन् ।

मेटाका लागि प्रगति गर्नका लागि रिल एकदमै महत्वपूर्ण कारक बन्न पुगेको छ र यसका लागि नयाँ फिचर ल्याईरहन इन्स्टाग्रामले काम गर्दै आएको छ ।