कीवर्डहरू -

एलन मस्कले ट्विटरको सीईओबाट राजिनामा दिने

एलन मस्कले ट्विटरको सीईओबाट राजिनामा दिने

एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी हधिकृत (सीईओ) पदबाट राजीनामा दिने भएका छन् । एक ट्विट गर्दै मस्कले सीईओ पदबाट राजिनामा दिने घोषणा गरेका हुन् ।

केही दिन अगाडि मस्कले के मैले ट्विटरको सीईओ छोड्नु पर्छ भन्दै ट्विटरमा पोल गरेका थिए । उक्त ट्विटमा उनले पोलबाट आएको नतिजालाई पालना गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।

त्यसपछि पोल नतिजा मस्कको विरुद्धमा आएको थियो । पोलमा धेरै प्रयोगकर्ताले ट्विटरको सीईओ छोड्नुपर्नेमा भोट गरेका थिए ।

अन्ततः पोलको नतिजा अनुसार मस्कले राजिनामा दिने जनाएका हुन् । सँगसँगै ट्विटरको सीईओका लागि नयाँ व्यक्ति खोजिरहेको समेत जानकारी दिएका छन् ।

उनले ट्विटमा भनेका छन्, ‘जागिर लिन पर्याप्त मुर्ख भेटपछि म ट्विटरको सीईओबाट छिट्टै राजिनामा दिन्छु । त्यसपछि म केवल सफ्टवेयर र सर्भर टिम चलाउने छु ।’

मस्कले सफ्टवेयर र सर्भर टिम चलाउने छु भन्नाले उनी ट्विटरमा पुनः सीईओ बाहेक अन्य भूमिकामा हुन सक्छन् भन्ने आकलन गर्न सकिन्छ ।