कीवर्डहरू -

पुरै होटल तथा हस्पिटलमा वाइफाई कभरेज दिने ‘नेटगियर ओर्बी‘

पुरै होटल तथा हस्पिटलमा वाइफाई कभरेज दिने ‘नेटगियर ओर्बी‘

विश्वप्रसिद्ध सेक्युरिटी ब्रान्ड नेटगियरको नेपालस्थित अधिकृत विक्रेता फाल्कोन इन्टरनेश्नलले नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम ल्याएको छ ।

विश्वबजारमा लोकप्रिय बनिरहेको RBK20 - Orbi AC2200 मोडलको यो प्रडक्ट नेपाली उपभोक्ताका लागि अहिलेसम्मकै नयाँ, आकर्षक र उत्कृष्ट सुविधासहित आएको छ । यो होम र बिजनेश दुवै प्रयोगकर्ताका लागि उत्तिकै लाभदायक छ, जसका फिचरहरु निकै लोभलाग्दा छन् ।

  • सबैतिर उत्कृष्ट वाइफाई
  • गुगल वाइफाई भन्दा सय गुणा छिटो
  • ट्राइ ब्यान्ड मेश वाइफाइ सिस्टम
  • उत्कृष्ट वाइफाई सिग्नल ४ हजार स्क्वायर फिटसम्म
  • बिजनेश माइन्डेड वाइफाई

\"\"

यसअघि तपाईले देखेका वाइफाई सिस्टमभन्दा विल्कुलै एडभान्स्ड र कल्पना गरेभन्दा राम्रो प्रडक्ट तपाईँसामु छ । घरका हरेक कुना–कुनामा हाइ स्पिड वाइफाईसँग रमाउन यो सजिलो र स्मार्ट तरिका बन्नेछ । अब बारम्बार वाइफाई कनेक्सनमा आउने अवरोधलाई बिदाइ गर्नुहोस् ।


NETGEAR RBK20 Orbi WiFi system मा अर्बि स्याटेलाइट पनि सँगै आउँछ जसको सहयोग लिई मल्टिपल डिभाइस र बढी बढीभन्दा क्षेत्रफलसम्म डेडिकेडेड वायरलेस कनेक्सन गराउन सकिन्छ ।


यसमा MU-MIMO Tri-band WiFi भएकै कारण तपाईका डिभाइसहरुमा अधिकतम वाइफाइ स्पिड डेलिभर गर्दछ । अनि जतिसुकै डिभाइसहरु होस्, वाइफाइमा स्पिडमा कुनै कमी आउँदैन । ७० भन्दा बढी डिभाइसहरु प्रयोग गर्दा पनि वाइफाइ स्पिड उस्तै गतिमा हुने छ । अनि भएन त पुरै घर कभरेज !


लोभलाग्दा सुविधा
यो अर्बी वाइफाई सिस्टमले अर्बी वाइफाई राउटर र अर्बी वाइफाई स्याटेलाइट समावेश गरेको छ । यसको ट्राइ ब्यान्ड वाइफाईको विशेषताका कारण २२०० एमबिपिएससम्मको इन्टरनेट पुरा घरभरी तिव्र छिटो र उही गतिमा चलाउन सकिन्छ । जब यो प्रयोग गर्न थाल्नुहुन्छ, इन्टरनेट बफरिङ एउटा अतित थियो भनेर सम्झिदा हुन्छ ।


अर्को महत्वपूर्ण कुरा के भने तपाईले आफ्नो डिभाइस घरको हरेक कोठा–कोठामा लैजानुहोस्, वाइफाई स्पिडमा कत्तिपनि फेरबदल भएको पाउनुहुन्न । त्यस्तै अर्बि स्याटेलाईट थपेर वाइफाईको रेञ्जलाई झनै बढाउन सकिन्छ । साथै अर्बिको मोबाइल एपले यति सजिलो बनाइदिएको छ कि आफ्नो मोबाइलमा सिम्पल सेटअप गरेर एउटा सुरक्षित वाइफाई नेटवर्क केही मिनेटमै तयार गर्न सक्नुहुन्छ ।

\"\"

४ हजारसम्म स्क्यार फिटसम्म कभरेज
यो वाइफाई सिस्टमको मुख्य विशेषता नै वाइफाई ४ हजार स्कायर फिटसम्म तिव्र गतिले चल्नु हो । अर्बी स्याटेलाईट जुन तपाई प्रडक्ट खरिद गर्दा राउटरसँगै पाउनुहुन्छ, यसको मद्धतले तपाईले यो क्षेत्रफलसम्म वाइफाई स्पिड बढाउन सक्नुभएको हो ।


अर्बी स्याटेलाइट प्रयोग नगर्ने र राउटरकै मात्र प्रयोग गर्नुभयो भने पनि २ हजार स्क्वायर फिटसम्म हाइ स्पिड इन्टरनेटको मज्जा लिन सक्नुहुन्छ । यसकारण घर, अपार्टमेन्ट, बिजनेश हाउसेस सबैले यसको प्रयोग गर्न सक्ने छन् । अनि अनावश्यक तार र राउटर खरिद गरिरहनु पर्ने झन्झट नि तपाईसँग हुँदैन भने एउटै वायरलेस नेटवर्कबाट गतिशिल इन्टरनेट चलाउन सकिन्छ ।

फास्टलेन टेक्नोलोजी र सेक्युर वाइफाइ एक्सेस
नेटगियरले RBK20 - Orbi AC2200 मा फास्टलेन टेक्नोलोजीको प्रयोग गरेको छ । डेडिकेटेड वाइफाई ब्याकहलसहितको फास्टलेन थ्री fastlane3 technology का कारण अन्य डिभाइसहरुमा कनेक्ट हुँदा पनि उत्कृष्ट फोर के एचडी स्ट्रिमिङ र गेमिङ सिर्जना गर्न सकिन्छ । यसको अतिरिक्त विशेषताको रुपमा योसँग सेक्युर वाइफाइ एक्सेस रहेको छ जहाँ तपाईंले ट्राफिकलाई ३ डेडिकेटेड आइसोलेटेड वाइफाइ नेटवर्कमा बाँड्न सक्नुहुन्छ र इन्र्टनल बिजनेश डाटा अरु भिजिटरसँग सेयर होला भन्न चिन्ता हुँदैन ।

अन्य विशेषताहरु
यसमा डिज्ने स्मार्ट प्यारेन्टल कन्ट्रोल रहेको छ जसले सजिलै तपाईलाई कुनै पनि डिभाइसमा कन्टेन्ट र टाइमको म्यानेज गर्न सजिलो बनाउँछ । यो फिचरहरुले तपाईको बच्चाहरुका लागि बढी लाभ दिन्छ । कस्तो कन्टेन्ट हेर्न दिने, कुन समयमा हेर्न दिने भन्ने कुराको निर्णय तपाई लिन सक्नुहुन्छ ।

प्रडक्ट खरिद गर्न 977-1-4264489 | +977-1-4253011 यी नम्बरमा सम्पर्क गर्नुहोस ।