कीवर्डहरू -

अमेरिकी पत्रकारहरुको डेटा पहुँच गर्ने चार जना कर्मचारीलाई बाईटडान्सद्वारा हटाइयो

अमेरिकी पत्रकारहरुको डेटा पहुँच गर्ने चार जना कर्मचारीलाई बाईटडान्सद्वारा हटाइयो

बाईटडान्सले अमेरिकी पत्रकारको टिकटकको डेटा प्राप्त गर्ने चार जना कर्मचारीलाई हटाएको छ । बाईटडान्स टिकटकको प्यारेन्ट कम्पनी हो ।

यी चार कर्मचारीले तीन जना अमेरिकी पत्रकारसँगै अरु प्रयोगकर्ताहरुको डेटा पनि एक्सेस गरेको बताइएको छ । चार जना कर्मचारी मध्य दुई जना अमेरिका र दुई जना चीनमा स्थीत रहेको खुलासा भएको छ ।

बाईटडान्सले ती कर्मचारीले कम्पनीको आचार संहिता उल्लंघन गरेकाले कामबाट निकालेको बताएको छ । ती कर्मचारीले प्रयोगकर्ताहरुको आइपी एड्रेस र टिकटक अकाउन्टसँग जोडिएको अरु डेटाको पहुँच प्राप्त गरेका थिए ।

यी तीन जना अमेरिकी पत्रकार पहिले बजफिड न्युजमा काम गर्ने गरेको पनि फोब्र्सले रिपोर्ट गरेको छ । बाईटडान्सले आफूले प्रयोगकर्ताको डेटा सुरक्षालाई मुख्य प्राथमिक्तामा राखेको र यस्तो किसिमको व्यवहार आगामी दिनमा पनि सहन नगर्ने जानकारी दिएको छ ।