कीवर्डहरू -

जूमको अवतार फिचरले भिडियो कन्फेरेन्समा कार्टुन बनेर कल गर्न दिने

जूमको अवतार फिचरले भिडियो कन्फेरेन्समा कार्टुन बनेर कल गर्न दिने

जूमको अवतारले भिडियो कन्फेरेन्समा तपाईलाई कार्टुनको भर्सनमा प्रस्तुत हुन दिन्छ । जूमले भिडियो मिटिङ एपका लागि अवतारहरु सार्वजनिक गरेको छ ।

यी अवतारले तपाईले गरिरहेको जिउको मुभमेन्ट र अनुहारको अभिव्यक्तिलाई कपि गर्ने गर्दछ । यसले गर्दा तपाई क्यामेरा अगाडी भएता पनि पूर्ण रुपमा देखा पर्नु पर्दैन् । यसले इन्फरमल मिटिङहरुका लागि विशेषगरी सहयोग पुर्याउने देखिएको छ ।

यसभन्दा पहिले जूमले जनावरको अवतार सार्वजनिक गरेको थियो र अब भने मान्छेको गतिविधि पछ्याउन सक्ने अवतार जूमले सार्वजनिक गरेको हो । यसले झ्याउलाग्दो कामको भिडियो कललाई केही हदसम्म रमाइलो पनि बनाउने एपको विश्वास छ ।