कीवर्डहरू -

सिंहदरबार भित्र सरकारी बैंक

सिंहदरबार भित्र सरकारी बैंक

काठमाडौं। सिंहदरबारमा सरकारी बैंकले प्रवेश पाएको छ। राष्ट्रिय वाणिज्य बैंकले नयाँ बर्षको दिन सिंहदरबारमा शाखा कार्यालय विस्तार गरेको छ।

अर्थमन्त्रालयको पहलमा राष्ट्रिय वाणिज्य बैंकले सिंहदरबारमा शाखा बिस्तार गरेको हो। सांसदहरुले सरकारी बैंकको शाखा सिंहदरबारभित्र पनि हुनु पर्ने चर्को आवाज उठाउदै आएका थिए।

आइतबार बैंकका अध्यक्ष समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले राष्ट्रिय वाणिज्य बैंकको  शाखा कार्यालय उद्घाटन गरेका हुन।

यो भन्दा अगाडी निजी क्षेत्रको एभरेष्ट बैंकको मात्रै शाखा कार्यालय सिंहदरबारभित्र रहेको थियो।