कीवर्डहरू -

सामसङले  अब ग्यालेक्सी जे २ (२०१८) सार्बजनिक गर्ने तयारीमा

सामसङले  अब ग्यालेक्सी जे २ (२०१८) सार्बजनिक गर्ने तयारीमा

 केहि समय अघि मात्रै सामसङ ग्यालेक्सी ए ८ (२०१८) र ए ८ प्लस(२०१८ ) जस्ता स्मार्ट फोनहरु सार्बजनिक गरेको सामसङ कम्पनिले अब चाँडैनै  नयाँ बजेट फोन  ग्यालेक्सी जे २ (२०१८) लन्च गर्ने तयारी गरेको छ । ग्यालेक्सी जे २ (२०१८) का तस्बिरहरु  अनलाइनमा लिक भए पश्चात सामसङ उक्त फोन लन्च गर्ने तयारीमा रहेको जानकारी प्राप्त भएको हो । रिपोर्टका अनुसार उक्त बजेट फोन र रसिया तथा  अन्य  बजारहरुमा केहि हफ्ता पछि सार्बजनिक  हुनेछ ।

सामसङ ग्यालेक्सी जे २ (२०१८) को बारेमा मोडेल नम्बर एसएम जे २५० सहित  WinFuture.de. नामको वेबसाइटले जानकारी सार्बजनिक गरेको हो । जहाँ उक्त फोनको मूल्य ११५ यूरो रहने  पनि खुलाइएको छ । रिपोर्टका  अनुसार  सामसङ ग्यालेक्सी जे २ (२०१८) डुअल सिम लाग्ने र अपरेटिंग सिस्टम नोगात ७.१.१ भर्जनमा रहेको छ । उक्त ग्यालेक्सी २ को ५ इन्चको  क्युएचडी स्क्रीन हुनसक्ने  अनुमान गरिएको छ भने ५४० x ९६० रेजोलुसनको सुपर एमोलेड डिस्प्ले सहित यसको एसपेक्ट रेसिओ  १६:९ रहने  छ । त्यस्तै यसमा क्वालकम स्नाप्ड्रागनको १.४ गिगाहर्ज स्पिड भएको क्वाडकोर प्रोसेसर रहने छ ।

त्यस्तै यसमा क्यामेरा भने ८ मेगापिक्सेल को रियार र ५ मेगापिक्सेल्को फ्रन्ट क्यामेरा रहेको छ । र यसमा १६ जिबि इनबिल्ट स्टोरेज रहेको छ ,जसलाई एसडी कार्डद्वारा बढाउन सकिने छ । ब्लुटुथ ४.२,एन – वालन,एलटिई क्याट ४ तथा माइक्रो युएसबी जस्ता कनेक्टिभिटी अप्सन रहेको  सामसङ ग्यालेक्सी जे २ (२०१८) मा २६०० एमएएचको रेमुभेबल ब्याट्री रहको छ ।