कीवर्डहरू -

इन्स्टाग्राममा टेलिग्राम जस्तै च्यानल फिचर सार्वजनिक हुँदै

इन्स्टाग्राममा टेलिग्राम जस्तै च्यानल फिचर सार्वजनिक हुँदै

मेटाले इन्स्टाग्राममा टेलिग्राम जस्तै च्यानल सार्वजनिक गर्ने भएको छ । अहिले यो फिचर मेटाले इन्स्टाग्रामका केही क्रियटरहरुसँग परीक्षण गरिरहेको छ ।

यस फिचरको नाम ब्रोडकास्ट च्यानल दिइएको छ । यसले वान वे मेसेज पठाउन दिनेछ । क्रियटरहरुले आफ्नो फलोअरहरुलाई इनबक्समै अपडेटहरु पठाउन पनि सक्ने छन् ।

मेटाले यो फिचर पनि टेलिग्रामबाट कपी गरेको हो । यो फिचर टेलिग्रामकै जसरी काम गर्नेछ । यो फिचर फेसबुक तथा मेसेन्जरमा पनि सार्वजनिक गर्ने मेटाको योजना रहेको छ । यसले इन्फ्लुयेन्सरहरुलाई आफ्ना फलोअरसँग झनै नजिकिन मद्दत पुर्याउनेछ ।