कीवर्डहरू -

स्न्यापच्याटको मासिक सक्रिय प्रयोगकर्ता ७५ करोड

स्न्यापच्याटको मासिक सक्रिय प्रयोगकर्ता ७५ करोड

स्न्यापच्याटका मासिक सक्रिय प्रयोगकर्ता ७५ करोड पुगेका छन् । यसका साथै दैनिक रूपमा स्न्यापच्याट ३७.५ करोडले प्रयोग गरिरहेका छन् ।

एपमा स्ट्रिक्स राख्नकै लागि भएपनि धेरै प्रयोगकर्ता कम्तिमा पनि दिनको एक पटक एपमा जाने गर्दछन् । स्न्यापच्याटको विगत केही समय देखि प्रयोगकर्ता एकदमै बढिरहेका छन् ।

स्न्याटच्याटका धेरै जसो प्रयोगकर्ता उत्तर अमेरिकाका छन् । प्रयोगकर्ताहरु धेरै जस्तो १३ देखि ३४ वर्षको रहेको स्न्यापच्याटका सिइओ एभेन स्पीगेलको भनाइ छ । प्रयोगकर्ताहरुले हरेक दिन ५ अर्ब स्न्याप पोस्ट गर्ने गरेको पनि कम्पनीले जनाएको छ ।